बाँकी तीन महानगर र उपमहानगरमा एमालेको अग्रता

532
  •  
  •  
  •  

काठमाडौं,  १० जेठ (ओएनएस) : ललितपुर महानगरपालिकामा थोरै मत अन्तरका कारण थकथकीपूर्ण पराजय बेहोर्नुपरे पनि मतगणना भइरहेका अन्य महानगर र उपमहानगरपालिकामा लिएको अग्रता भने राहतयोग्य छ ।

मतगणनाको पछिल्लो अवस्था यस्तो छ— 

काठमाडौँ महानगरपालिका
एमाले, विद्यासुन्दर शाक्य — ४१११५

कांग्रेस, राजुराज जोशी — २९२३०

विवेकशील नेपाली, रञ्जु दर्शना — १५१७२

साझा पार्टी, किशोर थापा — ११४८५

माओवादी केन्द्र, सर्वोत्तम डंगोल — ४५३८

भरतपुर महानगरपालिका
एमाले, देवी ज्ञवाली — २७९५५

माओवादी केन्द्र, रेणु दाहाल — २५२३७

राष्ट्रिय प्रजातन्त्र पार्टी, बद्री तिमिल्सिना — ३४१४

पोखरा लेखनाथ महानगरपालिका
एमाले, मानबहादुर जिसी — ३३८३२

कांग्रेस, रामजी कुँवर — २७४६६

राष्ट्रिय प्रजातन्त्र, गीता गुरुङ — ४५

हेटौडा उप-महानगरपालिका

एमाले, हरिबहादुर महत — २१५९३

कांग्रेस, आनन्द पराजुली — २१०८८

राष्ट्रिय प्रजातन्त्र पार्टी, मधु अधिकारी — ६७६०

यसैगरी, दोलखाको मेलुङ गाउँपालिकामा पनि मतगणना जारी छ । एमालेले अग्रता लिइरहेको यस गाउँपालिकाको पछिल्लो अवस्था यस्तो छ—
एमाले, नरबहादुर श्रेष्ठ — १४६२ मत

नेपाली कांग्रेस, बर्मा लामा — ११३६ मत

राष्ट्रिय प्रजातन्त्र पार्टी, पुष्प गोले — ० मत

यसैगरी, अहिलेसम्म निर्वाचन सम्पन्न भइसकेकामा एमालेले १२० एकाइको प्रमुख जितेको छ भने ५ वटामा अझै अगाडि छ । नेपाली कांग्रेसले १०४ स्थानमा जित हात पारेको छ र एक ठाउँमा उसको अग्रता छ ।

माओवादी केन्द्रले ४६ एकाइको नेतृत्व हात पारेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा, नयाँ शक्तिले एकएक ठाउँ जितेका छन् ।


  •  
  •  
  •