काठमाडौं, १ जेठ (ओएनएस) : सोमबार साँझ अबेरसम्म सार्वजनिक नतिजाअनुसार नेकपा एमाले अग्र स्थानमा छ । दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ५ वटा एकाइमा जित हासिल गरेको छ भने कांग्रेस र माओवादीले चार चार स्थानमा जितेका छन् ।
एक स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
मतगणना भइरहेका स्थानहरुमा पनि बहुसंख्यकमा एमाले अगाडि छ । एमालेले ७२ स्थानमा अग्रता लिइरहँदा कांग्रेस भने ६३ स्थानमा अगाडि छ ।
त्यसैगरी माओवादी केन्द्रले ३२ स्थानमा अग्रता लिएको छ । संसदको चौथो ठूलो दल राप्रपाले एउटा पनि एकाइ प्रमुख अहिलेसम्म जित्न र अग्रता लिन सकिरहेको छैन ।
नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त उम्मेदवारी भएका ३ स्थानमा अग्रता लिएको देखिन्छ ।