युएईमा आममाफी दिने प्रक्रिया एक महिना थप

30
  •  
  •  
  •  

काठमाडौं, मंसिर(ओएनएस) । युएई सरकारले आममाफी दिने प्रक्रिया एक महिना थप गरेको छ ।

डिसेम्बर २ देखि लागू हुनेगरी यूएईले एक महिनाको आममाफीको म्याद थप गरेको हो । यसअघि गैरकानूनी रुपमा बसेर काम गरिरहेका आप्रवासी कामदारलाई युएई सरकारले गएको अगस्ट १ बाट डिसेम्बर १ सम्म आममाफीको म्याद दिएको थियो ।

सोमबार युएईको नागरिकता पहिचान सम्बन्धी संघीय प्राधिकरणले आममाफीका लागि म्याद थप गर्नेबारे विज्ञप्ति जारी गरेको छ ।

आममाफीका लागि अगाडि नै प्रक्रिया शुरु गरेकाहरु पनि पुनः यसमा सहभागी हुन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । युएईको राष्ट्रिय दिवसको अवसरमा आममाफीको प्रक्रिया थपिएको हो ।

आममाफीमा गैरकानुनी रुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य देशका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी पूरा गरी आफ्नो देश फर्किने अवसर दिइनेछ ।


  •  
  •  
  •