बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

एसिसी यू–१९ एसिया कपः नेपालकाे शानदार जित

काठमाडौँ, २८ कात्तिक (ओएनएस) : मेलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले मलेसियालाइ ८ विकेटले पराजित गरेकाे छ । ४६ रनको विजयी लक्ष पाएको नेपालले ५.३ ओभरमा आफ्ना २ विकेट गमाउदै लक्ष पुरा गरेको थियो ।

नेपालका लागि अनिल कुमार साहले नटआउट १५ बलमा २६ रन बनाए भने कप्तान दिपेन्द्र सिँह ऐरिले तिन बलमा दुइ छक्क हान्दै १२ रन जोडेर पेभिलिएन फर्किए । यस्तै महमद असिफ सेखले चार रन जोडे भने भिम कार्कीले नटआउट तिन रन जोडे ।

पहिला व्याटिङ गरेकाे  गरेकाे मलेसियाले १५.३ ओभरमा आफ्नो सवै विकेट गुमाउदै ४५ बनाए पछि व्याटिङ उत्रेको नेपालले आक्रमक व्याटिङ गरेको थियो ।

घरेलु टोली मलेसियालाई सस्तैमै समेट्न सन्दीप लामिछानेले एक्लैले ५ विकेट लिएका थिए भने कप्तान दिपेन्द्रसिँह ऐरिले २ तथा सहब अलमले पनि २ विकेट लिएका थिए । यस्तै अनिल कुमार साहले एक विकेट लिए ।

समूह ‘ए’ काे अर्को खेल  भारत र बंगलादेशबीच भइरहेकाे छ ।  यस खेलकाे नतिजा पछि समिफाइनलकाे यात्रा तय हुनेछ । भारत पराजित भएमा नेपाल सिधै सेमिफाइनमा पुग्नेछ भने भारतले जित निकालेमा रनरेटकाे अाधारमा दुइ टाेली सेमिफाइनमा जानेछन् ।

Comments are closed.

'
Scroll To Top