बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

नेपाली युवा टोलीको उत्कृष्ट बलिङ, मलेसिया ४५ रनमा अल आउट

काठमाडौँ, २८ कात्तिक (ओएनएस) : मेलेसियमा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले आयोजक मलेसियालाई ४५ रनमै अलआउट गरेको छ र घरेलु टोली माथि हाबी देखिएको छ ।

छनोट चरणको अन्तिम खेलमा नेपाली विस्फोटक बलिङ गर्दै घरेलु टोली मलेसियालाई सस्तैमै समेट्न सफल भएको छ । मलेसियालाई रनमै रोक्नको लागि सन्दीप लामिछानेले एक्लैले ५ विकेट लिएका थिए भने कप्तान दिपेन्द्रसिँह ऐरिले २ तथा सहब अलमले पनि २ विकेट लिएका थिए । यस्तै अनिल कुमार साहले एक विकेट लिए ।

टस हारेर व्याटिङको निम्तो पाएको मलेसियाले १५.३ ओभरमा आफ्नो सवै विकेट गुमाउदै ४५ र बनाएको थियो ।

Comments are closed.

'
Scroll To Top