बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

बंगलादेशद्धारा भारत पराजित, नेपाल पुग्यो सेमिफाइनलमा

भारत समुह चरणबाटै घर फर्कन बाध्य

काठमाडौँ, २८ कात्तिक (ओएनएस) : मलेसियामा जारि एसिसी यू–१९ एसिया कपमा बंगलादेशले भारतलाइ ८ विकेटले हराएको छ । यो हार सँगै भारत समुह चरणबाटै बाहिरिएको छ भने नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

वर्षाका कारणले ३२ ओभरमा घटाइएको खेलामा भारतले टस हारेर पहिला व्याटिङको निम्तो पाएको थियो । भारतले ३२ ओभरमा आफ्नो ८ विकेट गुमाउदै १८७ रन बनाएको थियो । १९० रनको लक्षका साथ मैदानमा उत्रेको बंगलादेशले २८ ओभरमा २ विकेट गुमाउदै लक्ष पुरा गर्यो र भारतलाइ समुह चरण बाटै घर फर्कन बाध्य बनाएको छ ।

यस समुह ए कै अर्काे खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले हराउदै नेपाल विजयी भएको थियो । नेपालले मलेसियालाई ठूलो अन्तरले हराएर सेमिफाइनल प्रवेश गर्ने बलियो आधार बनाएको थियो । मलेसियासँगको जितले मात्र नेपाल सेमिफाइनल प्रवेश गर्न नसक्ने अवस्था पनि थियो तर बंगलादेशको र भारतको खेलमा नतिजा नेपालले सोचे अनुररुप आयो, भारत पराजित हुन पुग्यो र नेपाल सेमिफाइनल प्रवेश गर्न सफल भएको छ ।

समुहका तिन वटै खेल जित्दै बंगलादेश ६ अंकका साथ समुहको विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने नेपालले २ खेलमा जित र एक खेलामा हार बेहोर्दै ४ अंकका साथ सेमिफाइनल प्रवेश गरेको छ । नेपालले समुह चरणको दोस्रो खेलमा भारतलाई १९ रनले पराजित गर्दै सनसनी मच्चाएको थियो ।

Comments are closed.

'
Scroll To Top