राष्ट्रपति ट्रम्पले ट्वीटर ब्लक गरेपछि अदालतले लियाे यस्ताे ‘एक्सन’

110
  •  
  •  
  •  

१० बैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटर प्रयोगकर्तालार्इ ब्लक गरेपछि अदालतले त्यसाे गर्न अादेश दिएकाे छ। ट्रम्प लाई कुनै पनि ट्वीटर प्रयोगकर्तालाई ब्लक नगर्न जिल्ला अदालतका न्यायाधीश नामी राइस बुचवाल्डले आदेश दिएका छन् ।

अभिव्यक्ति स्वतन्त्रतामाथि ट्रम्प र ह्वाइट हाउसले लगाम लगाएको भन्दै दायर मुद्दामा अदालतका न्यायाधीश बुचवाल्डले राष्ट्रपति ट्रम्पलाई ट्वीटर प्रयोगकर्ता ब्लक नगर्न आदेश दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले सात ट्वीटर प्रयोगकर्तालाई ब्लक गरेसँगै उनीहरुकातर्फबाट दी नाइट फस्ट अमेन्डमेन्ट इन्स्टिच्यूटले मुद्दा दर्ता गराएको थियो ।

न्यायाधीश नामीले ट्रम्पको एकाउन्टलाई ब्लक गर्ने पहुँच दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको उल्लंघन हुने तर्क गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपी ट्रम्प र ह्वाइट हाउसले पनि यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

 

 


  •  
  •  
  •