त्रिवेणी कपको उपाधि आयोजकलाई

16
  •  
  •  
  •  

लमजुङ, २१ पुस(ओएनएस) : लमजुङ सदरमुकाम बेसीसहरको सहजी खेलमैदानमा आयोजित २७ औँ त्रिवेणी कप राष्ट्रव्यापी खुल्ला फुटवल प्रतियोगिताको उपाधि आयोजक त्रिवेणी युवा क्लबले हातपार्न सफल भएको छ ।

शुक्रबार भएको खेलमा आयोजक त्रिवेणी युवा क्लबले सुन्दरबजार युवा क्लब सुन्दरबजारलाई १–० गोलले पराजित गर्दै पहिलो भएको हो

फाइनल खेलमा त्रिवेणी युवा क्लबका जर्सी नम्बर १० का खेलाडी मेन्साले पहिलो हाफको २५ औं मिनेटमा गोल गरेका थिए । त्यही गोल निर्णायक बन्यो र उपाधी आयोजकले जित्यो ।

प्रतियोगीताको उपाधि जितेसँगै आयोजक त्रिवेणी युवा क्लब बेसीसहरले नगद ३ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । उपविजेता सुन्दरबजार युवा क्लबले १ लाख ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाएका छन् । सेमिफाइनलमा पुगेका आरएस एन्फा कास्की र बुद्ध युथ क्लब भोटेओडारले ५०/५० हजार पाएका छन् ।
प्रतियोगीताको सर्वाधिक गोलकर्तामा त्रिवेणी युवा क्लबको तर्फबाट खेल खेलेका केन्याका मेन्सा घोषित भएका छन् । उनले ५ गोल गरेका थिए ।

उत्कृष्ट खेलाडीमा सुन्दरबजार युवा क्लबका जर्सी नम्बर १ का भबिन मल्ल घोषित भएका छन् । त्रिवेणी कपको म्यान अफ द म्याचमा त्रिवेणी युवा क्लबका टिम क्याप्टेन जर्सी नम्बर ४ का सोमराज तामाङ घोषित भएका छन् । उनीहरुलाई नगद १५/१५ हजार प्रदान गरिएको आयोजक क्लवका अध्यक्ष सिजन श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा २० टिम सहभागि भएका थिए ।

प्रतियोगिताकाका विजयीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक एवं लमजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङले पुरस्कार हस्तान्तरण गरेका थिए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here