बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

भारतमा रेल दुर्घटना हुँदा ७४ जना घाइते

train crash

उत्तरप्रदेश, ७ भदौ (एजेन्सी) : भारतीको उत्तरी राज्य उत्तरप्रदेशमा बुधबार यात्रुबाहक रेल दुर्घटना हुँदा ७४ जना घाइते भएका छन ।

बुधबार बिहान सबेरै भएको यस दुर्घटना रेलमा रहेका १० वटा डिब्बा पटरीबाट अलगिएको अधिकारीहरुले जानकारी दिएका छन । उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट १८० किलोमिटर टाढा रहेको औरैया जिल्लामा सो दुर्घटना भएको जनाइएको छ ।

घाइते भएकाहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको वरिष्ठ स्थानीय सरकारी अधिकारी अरभिन्द कुमारले सञ्चार माध्यमलाई बताएका छन् । भारतीय रेल मन्त्री सुरेश प्रभुले यस दुर्घटनालाई आफूले व्यक्तिगत रुपमा नै निरीक्षण गरिरहेको जानकारी दिए ।

उत्तरप्रदेशका मुजाफ्फारनगर जिल्लामा गत आइतबार मात्र भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु हुनुको साथै अन्य १५० भन्दा जना घाइते भएका थिए । यस घटनाको तीन दिन पछाडी पुनः उत्तरप्रदेशमा नै रेल दुर्घटना भएको छ । रेलको पटरीबाट १४ डिब्बा बाहिर गएपछि रेल दुर्घटना भएको थियो

भारतमा बेला बेलामा ठूला ठूला रेल दुर्घटना हुने गरेका छन् । अघिल्लो बर्ष भएका रेल दुर्घटनामा परी उत्तरप्रदेशमा  १४५ जनाको मृत्यु भएको थिए ।

Comments are closed.

'
Scroll To Top