आपूर्ति मन्त्री यादवकाे तीन दिनदेखि अस्पतालमा, स्वास्थ्य अवस्था बुझ्न पुगे प्रचण्ड

79
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ (ओएनएस) : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव तीन दिनदेखि छालाको इन्फेक्सन, टाउँको दुख्ने लगायतका समस्याबाट पीडित भर्इ नर्भिक अस्पताल भर्ना रहेका छन्।

नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आपूर्तिमन्त्री यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिए अस्पताल पुगेका छन्।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्ष प्रचण्ड मन्त्री यादवको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका छन्।

अध्यक्ष दाहालले स्वाथ्यमा सुधार नभए अन्य अस्पतालमा समेत उपचारमा जान सुझाव दिएका छन्।चिकित्सकले भने मन्त्री यादवको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् ।


  •  
  •  
  •