राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले मन्त्रीहरुलाई गरे यस्ताे रुलिङ

683
  •  
  •  
  •  

काठमाडौं, २६ भदाैँ (अाेएनएस) : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले संसदहरुले उठाएका विषयवस्तुप्रति गम्भीर भएर जवाफ दिन सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बसकाे बैठकमा राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले संसदहरुले उठाएका विषयवस्तुप्रति गम्भीर भएर जवाफ दिन सरकारलाई ध्यानाकर्षण गराएका हुन् । उनले राष्ट्रियसभाको शून्य समय, विशेष समयमा उठाएका विषयवस्तुप्रति गम्भीर बनी समयमै सम्बोधन गर्न सम्बन्धित मन्त्रीहरुलाई रुलिङ गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले बैठकमा उठेका सवालप्रति जिम्मेवार बन्दै समयमै सम्बोधन गर्न सम्बन्धीत मन्त्रीहरुलाई निर्देशनात्मक रुलिङ गरेका हुन् । बैठकमा बोल्ने सदस्यहरुले कञ्चनपुरकी निर्मला पन्तको हत्या लगायत मुलुकभरका हत्याका घटना लगायत समसामयिक विषयमा बारम्बार सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएपनि त्यसबारे बैठकलाई जानकारी नगराईएको भन्दै सभाअध्यक्षलाई सरकारलाई रुलिङ गर्न आग्रह गरेका थिए ।

 


  •  
  •  
  •