मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

भारतीय सेनामा कार्यरत तीन नेपाली काश्मीरमा मारिए

जेठ ११ (एजेन्सी) :  भारतीय सेनामा कार्यरत तीन नेपाली जम्भु काश्मीरमा मारिरएका छन् ।

भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा अप्रेशनका बेला उनीहरू मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त घटनामा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका रवीन शर्मा, गुल्मीको काराइँग तुन गाउँका डमरबहादुर पुन र गिरिश गुरुङ मारिएका हुन् ।
सीमा अप्रेशनका बेला गोली लागेर उनीहरूको मृत्यु भएको हो ।

तीनैजनाको शव हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिने मृतक शर्माका पारिवारिक स्रोतले जनाएको छ।

Comments are closed.

'
Scroll To Top