थोत्रा कपडाको नयाँ डसना (फोटो फिचर)

92
  •  
  •  
  •  

काठमाडौं,६ मंसिर(ओएनएस) । रौतहट घर भई हाल काठमाडौं बस्दै आएका राम विश्वलाई अहिले डसना, सिरक बनाउन भ्याइनभ्याई छ ।

डसना निर्माण गर्ने मेसिनलाई ट्रयाक्टरबाट विभिन्न ठाउँमा सजिलै लैजान सकिने भएकाले उनीहरु यतिबेला बुद्धनगर रोजवर्ड बोडिङ स्कूल नजिकै आइपुगेका छन् ।

अहिले मेसिनबाट थोत्रा कपडा पेलेर सिरक, डसना बनाउने काममा उनीसहित सात जना खटिएका छन् । बढ्दो चिसोसँगै पुराना कपडा पेलेर नयाँ सिरक, डसना बनाउनेको भीडले फुर्सद नै नपाउने गरेको उनी बताउँछन् ।

थोत्रा कपडा पेलेको प्रतिकिलो ३५ रुपैयाँसम्म लाग्ने गर्दछ । उनले भने, ‘एउटा डसना पुरै बनाउन एक हजार देखि १५ सय रुपैयाँसम्म लाग्दछ । हामीले यहि बनाउने भएकाले बजारमा पाइने भन्दा बलियो हुने गर्दछ ।’

ललितपुर इमाडोलकी कल्पना बस्ताकोटी घरमा रहेका पुराना कपडा त्यसै फाल्नभन्दा यसको सदुपयोग भएको बताउँछिन् ।
उनी भन्छिन्, ‘पुराना कपडा त्यसै खेर जान्छ । यसले फोहोर पनि हुने भयो । यसरी पुराना कपडा पेल्दा सिरक, डसना, चकटी बनाउँदा पुराना कपडाको पनि सदुपयोग भएको छ ।’


  •  
  •  
  •