गृहमन्त्रीले खुलाए उपकुलपतिलार्इ क्यानडा जान नदिनुकाे रहस्य !

95
  •  
  •  
  •  

काठमाडौं, २४ असार (ओएनएस) : गृहमन्त्री रामबहादुर थापाले सरकारलाई अाधिकारीक जानकारी नगरार्इ क्यानडा जान लागेकाले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काइएको बताएका छन्।

उनले सरकारको अनुमति नलिई लिखित माैखिक विना जानकारी नै जान लागेपछि उपकुलपति कोइरालालाई विमानस्थलबाट फर्काइएको बताए।

राष्ट्रियसभाको अाइतबार बसेकाे बैठकमा कांग्रेस सांसदहरुले उपकुलपति कोइरालाई क्यानाडा जानबाट किन रोकियो ? विमानस्थलबाट किन पक्राउ गरियो भनी सोधेको प्रश्नमा जवाफ दिँदै गृहमन्त्री थापाले सरकारको अनुमति नदिई जान लागेकाले फर्काइएको मात्र आफूले जानकारी पाएको जवाफ दिए।

यसबारे विस्तृत जानकारी गृह मन्त्रालयमा नआइपुगेको बताएका गृहमन्त्री थापाले प्राप्त जानकारी अनुसार कुलपति वा सरकारबाट उपकुलपति कोइरालाले अनु्मति नलिएको भन्दै सरकारी कदमको बचाउ गरे।


  •  
  •  
  •