ठमेलमा आगलागी हुँदा १० करोडको धनमाल क्षति

34
  •  
  •  
  •  

काठमाडौं, २६ भदाैँ (अाेएनएस) : काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा आगलागी भएको छ । ठमेलकाे ज्याठामा मंगलबार बिहान स्थानीयबासी सुनीलमान स्थापितको घरबाट आगो लाग्न शुरु भएको हो ।  बिहान ४:२५ बाट आगो लाग्न शुरु भइ अर्को छिमेकीको घरसम्म फैलिएको थियाे।

प्रहरीका अनुसार अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको र ग्यास सिलिन्डर पड्किन थालेको हो ।

आगो निभाउन पुगेका प्रहरीका अनुसार आगो नियन्त्रणको प्रयास समयमै सफल हुन नसक्दा सँगै जोडिएका गौतम तुलाधर र अजयरत्न स्थापितको घरमा पनि आगोले क्षति पुगेको छ । आगलागीबाट १० करोड बराबरको धनमाल क्षति अनुमान गरिएको छ ।

आगो निकै ठूलो गरी दन्किएपछि नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई अप्ठ्यारो भएको थियो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here