बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

टेलिकमले ल्यायो तिहारमा छुटको बहार

काठमाडौं, ३१ असोज– नेपाल टेलिकमले तिहारको अवसरमा विभिन्न सेवामा छुटको योजना ल्याएको छ।

टेलिककमले बुधबारदेखि आगामी शुक्रबारसम्मका लागि योजना ल्याएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए।

टेलिकमले सार्वजनिक गरेको योजनामा जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने उल्लेख छ।

यसैगरी, टेलिकमकै नेटवर्कभित्र हुने एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिनेछ। युट्यूब डाटा प्याकमा पनि छुट दिने भएको छ।

ग्राहकले एक सय रुपैयाँमा एक जिबी डाटा प्राप्त गर्नेछन्। यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ।
रु ६० मा ५०० एमबी डाटा भोल्यूम प्राप्त हुने र त्यसको अवधि १४ दिनको हुने टेलिकमले जनाएको छ ।

१० रुपैयाँमा११ मिनेट आफ्नै नेटवर्कभित्र कुराकानी गर्न सकिने र आधारभूत एवं सिडिएमए नेटवर्कभित्र दुई सय रुपैयाँमा एक सय ७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइएकोमा कात्तिक महिनाभर एक सय स्थानीय कल थप गरी मासिक महशुलमा दुई सय ७५ कल निःशुल्क उपलब्ध गराइने छ।

कात्तिक महिनाभर फोरजी सिम निःशुल्क परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ।

Comments are closed.

'
Scroll To Top