कास्की परिवार दक्षिण कोरियाले तीज कार्यक्रम गर्ने

444
  •  
  •  
  •  

teej-korea

कोरिया, २४ साउन (ओएनएस) : नेपाली नारीहरुको चाड हरितालिका तीजको अवसर पारेर कास्की परिवार दक्षिण कोरियाले कोरियामा तीज विशेष कार्यक्रम गर्ने भएकाे छ । साे अवसरमा नेपाली दिदिबहिनीहरुलाई दर खुवाउने कार्यक्रम राखेको छ ।

कार्यक्रम आउँदो १३ तारिख आइतबार सउल दोङ्देमून स्थित पूजा रेस्टुरेन्टमा हुने कास्की परिवारका वरिष्ठ उपाध्यक्ष तथा तीज कार्यक्रमका संयोजक हरि शङ्खर भण्डारीले जानकारी दिए ।

साे अवसरमा समूहले छुसकको माछापुच्छ्रे सांगीतिक सौगात भाग ३ ‘नेपथ्य लाइभ कन्सर्ट’को आयोजना गर्ने लागेको छ ।

कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष दिल जलारी ‘पाशा’ले नेपथ्य कास्कीले कास्कीका साथीहरुसंगै सबै नेपालीलाई मनोरञ्जन दिने आशा गरेकाे बताए ।कार्यक्रमलाई सफल पार्नको लागि कोरियामा रहका सबैसँग सहयोगको अपेक्षा गरेको अध्यक्ष जलारीले बताए ।


  •  
  •  
  •