राेकिएन सुन तस्करी, विमानस्थलमा एक युवा पक्राउ

125
  •  
  •  
  •  

काठमाडौँ, २२ असार (ओएनएस) : विमानस्थलमा एक युवा पक्राउ सुनसहित पक्राउ परेका छन्। गोरखा भिरकोटका कृष्ण भट्ट पक्राउ परेका हुन्। वैदेशिक रोजगारीबाट फर्कने कामदारलाई प्रयोग गरी भट्टले सुन तस्करी गर्ने गरेकाे प्रहरीले खुलासा गरकाे छ।

उनको साथबाट एक सय १५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। लुकाएर ल्याएको २ वटा सुनका चुरा प्रहरीले बरामद गरेको हो। विमानस्थलको गोल्डेन गेट अगाडिबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका भट्टलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।


  •  
  •  
  •