तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने

17
  •  
  •  
  •  

काठमाडौं, २८ पुस(ओएनएस) : नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने भएको छ ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले शनिबार एक विज्ञप्ति जारी गर्दै वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्रविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्न लागेको जानकारी दिए ।

कम्युनिष्ट सरकारको अधिनायवाद चरित्र, भ्रष्टाचार, महंगी, मूल्यवृद्धि, वाइडबडी र निर्मला पन्त हत्या प्रकरणलगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन गर्ने शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दलले माघ ८ गते प्रदेश एकको विराटनगर, माघ ९ गते प्रदेश २ को जनकपुर, माघ १० गते प्रदश तीनको हेटौंडा, माघ ११ गण्डकी प्रदेशको पोखरा, माघ १२ गते प्रदेश ५ को भैरहवा, माघ १३ कर्णाली प्रदेशको सुर्खेत र माघ १४ सुदूरपश्चिम प्रदेशको धनगढीमा विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here