आँसु झार्दै कानूनमन्त्री तामाङले दिए राजीनामा

1107
  •  
  •  
  •  

काठमाडौ‌ं, ८ साउन (अाेएनएस) : कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामाका लागि भनिएको पत्रकार सम्मेलनमा आँसु झार्दै पदबाट राजीनामा दिएका छन् ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिले महिला जामातकाे अस्मितालार्इ नै ठेस पुगेकाे भन्दै महिला मनावअधिकारकर्मीले अावाज उठाएपछि विवादमा तानिएका तामाङले मंगलबार राजीनामा दिएका हुन्।

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।

पत्रकार सम्मेलनमा उनले नेपाली नारीहरूप्रति आफूले अत्यन्तै सम्मान गर्ने बताए ।

उनले भने,’नेपाली नारीप्रति अत्यन्त सम्मान गर्छु । कोही पनि महिलामाथि हिंसा नहोस् भन्ने चाहन्छु । जो व्यक्ति जुन विषयमा सुधारका लागि लागिरहेको हुन्छ, त्यो व्यक्तिलाई त्यही विषयले लखेट्ने दिन आाउँदो रहेछ ।’मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा उनी भावुक भएका थिए ।

सरकार र पार्टीलाई नै बदनाम गर्ने प्रयास भएको भन्दै सत्तारुढ नेकपाका शीर्ष नेताहरुले सोमबार साँझ बालुवाटार बोलाएर कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

 


  •  
  •  
  •