रुचीले पहिरीइन् “ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८” को ताज

38
  •  
  •  
  •  

काठमाडौँ, ३१ जेठ (ओएनएस) : ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ को ताज धनकुटाको तुलसी मेहर स्कुलबाट एसईई परिक्षा दिएकी १६ वर्षीय रुची धितालले पहिरिएकी छिन् । सिजन मिडियाद्वारा बुधबार साँझ राजधानीमा आयोजना गरिएको ‘ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ मा २४ प्रतिस्पर्धीलाई पछि पार्दै धितालले शीर्ष ताज पहिरीएकी हुन् ।त्यस्तै काठमाडौंको रोजवर्ड स्कुलबाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हात पार्नुका साथै विधागत तर्फको ‘वेष्ट स्कीन अवार्ड पनि आफ्नो पोल्टामा पारिन् ।

त्यसैगरी सेकेण्डरनरअपको ताज पुष्पसदन स्कुलबााट एसइइ दिएकी पाल्मा लामाले जित्न सफल भइन भने उनले विधागत तर्फ मिस फिटनेशको अवार्ड पनि हात पारीन् । थर्ड रनरअप रिया खड्गीले लिडरसिप अवार्ड र वेष्ट पर्सनालिटि अवार्ड हात पारिन् भने फोर्थ रनरअप नाम्दु सेर्पाले जित्न सफल भइन् ।

विधागततर्फ प्रेरणा भट्टराईले ‘मिस ट्यालेन्ट’ र वेष्ट वाक उपाधि हात पारिन् भने श्रेर्या भट्टले मिस पपुलर, विन्जु थापाले मिस क्रिएटिभ, निसा श्रेष्ठले भियोर्स च्वाइस र मिस फेन्डसिप अवार्ड हात पारीन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here