अन्ततः बर्खास्त भए सीईओ ज्ञवाली, डा. पोख्रेल नियुक्त

430
  •  
  •  
  •  

Sushil and Govinda Pokhrelकाठमाडौं, २७ पुस (ओएनएस) : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई पदबाट बर्खास्त गरेको छ । र, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोख्रेललाई सीईओमा नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सीईओ ज्ञवालीलाई बर्खास्त गर्दै उक्त पदमा डा. पोख्रेललाई नियुक्त गरेकाे सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री  सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए।

पोख्रेल यसअघि सुशील कोइराला नेतृत्वको सरकारको पालमा पनि प्राधिकरणको सीर्ईओमा नियुक्त भएका थिए । तर, त्यतिखेर सत्ता साझेदार दल एमाले र प्रमुख विपक्षी माओवादीले पुनर्निर्माण सम्बन्धी विधेयक नै अगाडि बढाउन नदिएपछि पोख्रेलले औपचारिकता पाएका थिएनन् ।

सीईओ ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणको काममा समन्वय गर्न नसकेको, पुनर्वासको व्यवस्था गर्न नसकेको र अनुदान वितरण गर्न नसकेको भन्दै सरकारले स्पष्टिकरण सोधेको थियो ।

ज्ञवालीको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै पुस २१ गतेको मन्त्रिपरिषद्को बैठकले पदबाट हटाउने निष्कर्ष निकाले पनि महान्यायाधीवक्ताको कार्यालयको राय अनुसार उनलाई पुनः स्पष्टिकरण सोधिएको थियो ।

पुस २२ गते २४ घण्टे स्पष्टिकरण बुझेका ज्ञवालीले पुस २४ गते ६ पेजको स्पष्टिकरण पत्र दोस्रो पटक बुझाएका थिए । र, बुधबारको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको हो ।

पूर्ववर्ती सरकारले २०७२ पुस १० गते ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो ।


  •  
  •  
  •