शनिबार, आषाढ १०, २०७४ | Saturday, June 24, 2017
न्युज अपडेट

सीईओ ज्ञवालीलाई हटाउने/नहटाउने ?, आज हुँदैछ छिनोफानो

Sushil-gyawaliकाठमाडौं, २७ पुस (ओएनएस) :राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई हटाउने÷नहटाउनेबारे सरकारले आज निर्णय गर्दैछ ।
बुधबार बस्न लागेको मन्त्रिपरिषद बैठकले प्राधिकरणका सीईओ ज्ञवालीबारे निर्णय गर्नेका सीईओ ज्ञवालीबारे निर्णय गर्ने गर्नेछ ।
यसअघि प्ुस २१ गतेको मन्त्रिपरिषद्को बैठकले सीईओ ज्ञवालीलाई हटाउने निष्कर्ष निकाले पनि महान्यायाधीवक्ताको कार्यालयको राय अनुसार उनलाई पुनः स्पष्टिकरण सोधिएको थियो ।

पुस २२ गते २४ घण्टे स्पष्टिकरण बुझेका ज्ञवालीले पुस २४ गते ६ पेजको स्पष्टिकरण पत्र दोस्रो पटक बुझाएका थिए ।
सरकारले ज्ञवालीलाई यसअघि पनि स्पष्टिकरण सोधेको थियो । तर, उनको स्पष्किरण चित्त बुझ्दो नरहेको भन्दै हटाउने निष्कर्षमा पुगेको थियो ।

सीईओ ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणको काममा समन्वय गर्न नसकेको, पुनर्वासको व्यवस्था गर्न नसकेको र अनुदान वितरण गर्न नसकेको सरकारको आरोप छ ।

Comments are closed.

'
Scroll To Top