शुक्रबार सुनचाँदीको भाउ स्थिर

677
  •  
  •  
  •  

काठमाडौं, २७ पुस(ओएनएस) : शुक्रबार सुनचाँदीको भाउस्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


शुक्रबार सुन तोलाको ६० हजार ७ सय रुपैयाँ तथा चाँदी तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

शुक्रबार घटबढ नभएको सुनको भाउ यो हप्ता भने तोलामा ९ सय रुपैयाँ बढेको छ । हप्ताको पहिलो दिन तोलाको ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता लगातार बढेको हो ।

यस्तै चाँदी हप्ता तोलामा १० रुपैयाँ बढेको छ । आइतबार ७ सय ५५ रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलाको ७ सय ६५ रुपैयाँ छ ।


  •  
  •  
  •