नेपाली उद्यमीलाई म्यानमारमा लगानी गर्न आग्रह

46
  •  
  •  
  •  

काठमाडौं, १३ मंसिर(ओएनएस) । म्यानमारका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यानमारबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताएकी छन् ।

नेपाल चेम्बर्स अफ कमर्शले भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई सम्बोधन गर्दै उनले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताइन् ।

उनले नेपाली उद्यमीलाई म्यानमारमा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताइन् । नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफूले नेपाल र नेपालीलाई सदैव सम्मान र माया गर्ने बताइन् ।


  •  
  •  
  •