झडपमा मृत्यु हुनेको संख्या २२ पुग्यो

18
  •  
  •  
  •  

सुडान । सुडानमा प्रदर्शनको क्रममा झडप हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

केही दिनदेखि मुल्यवृद्धिको विरोधमा प्रदर्शन हुँदै आएको छ । राजधानी खार्तुममा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा उनीहरु मारिएका हुन् ।

८० जना गोली लागेर घाइते भएको र उनीहरूको उपचार भैरहेको बताइएको छ । प्रदर्शनकारी र प्रहरीबीच भएका झडपमा सयौँ प्रदर्शनकारी घाइते भएका छन् ।

सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेपछि प्रदर्शन चर्केको हो ।

सुडानका राष्ट्रपति ओमार अल बशरविरुद्ध जारी प्रदर्शनमा हजारौँको संख्यामा समर्थकहरू सहभागी हुने गरेका छन् । प्रदर्शनकारीहरूले सत्ता परिवर्तनको माग समेत गरेका छन् ।

एजेन्सी


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here