गायक देवकोटाले निकाले १९ अाैँ गीत : ‘तीजको बरिलै…’ (भिडियोसहित)

98
  •  
  •  
  •  

काठमाडौं, २० भदौ (अाेएनएस) : गायक तथा संगीतकार शिवप्रसाद देवकोटाले एकपछि अर्काे खुडकिलाे चढ्दै सानैदेखिकाे चाहनलार्इ अथक प्रयासपछि पुरा गर्न सफल भएका छन्।

उनले १९ अाैँ गीतकाे रुपमा निक्कै रमाइलो तीजगीत सार्वजनिक गरेका छन्। गायक बन्नकै लागि झन्डै चार दशकअघि काठमाडाैँ अाएका चितवन निवासी देवकाेटा लामाे समयकाे अन्तरालपछि गायन तथा संगीत क्षेत्रमा अाफ्नाे छवि बनाउन सफल भएका छन्।  देवकोटाले अाफु पेशाले शिक्षक भए पनि सानैदेखिकाे रुचि(हवि) पुरा गर्न पाउँदा असाध्यै खुसी लागेकाे बताए।

उनले भने,’ सानै देखि कुनै न कुनै गीत गुन गुनाइ रहनाले मेराे लगाव गायन तथा संगीत क्षेत्रतिर बढेकाे हाे।’ माउण्ट एभेरष्ट मावि थली गाेकर्णका प्रिन्सीपलसमेत रहेका गायक देवकाेटाले अाधुनिक गीतबाट गायन तथा संगीत क्षेत्रमा प्रवेश गरी पछिल्लाे समय दाेहाेरी गीतसमेत गाउँदै अाएका छन्।

उनकाे भर्खरै १९ अाैँ गीतकाे रुपमा बजारमा अाएकाे तीज गीतले छाेटाे समयमै ब्यापक लाेकप्रिय भएकाे छ। उनकाे ‘तीजको बरिलै…’ बोलको गीत मंगलबार मात्रै युट्युवमार्फत सार्वजनिक भएकाे थियाे ।

यो तीज गीतमा गायक देवकोटालाई स्वरमा प्रेमा रानाले साथ दिएकी छिन भने शब्द, संगीत उनकाे अाफ्नै रहेको छ ।

उनका अनुसार गीतको म्यूजिक भिडियो पनि तयार भइसकेको छ । म्यूजिक भिडियोको निर्देशन आशिक राईले गरेका छन् भने गीतमा कमल सिंह र सुनिता घिमिरेले नृत्य गरेका छन् ।

छोटो समयमा गीतले लोकप्रियता कमाउँदै गएपछि गायक देवकोटा निक्कै उत्साहित बनेका छन् । युट्युवमा सार्वजनिक भएको गीत झन्डै एक लाख जना हेरिसकेका छन् ।

रमाइला गीत निकाल्न माहिर मानिने देवकाेटाका यस अघिका ‘रातीको १२ बजे…’, ‘न खुसीहुन सक्यौ…’, ‘आमै पकाइदेउन…’ जस्ता गीतहरुले निक्कै चर्चा कमाइसकेका छन्।

हेर्नुहोस् उनको यो रमाइलो तीज गीतः


  •  
  •  
  •