सोनाम ल्होसारको बिदा फेर्ता लिन तामाङ समुदायको माग

52
  •  
  •  
  •  

काठमाडौं,२८ पुस (ओएनएस): सोनाम ल्होसारकाे अवसरमा सरकारले माघ ४ गते दिएकाे सार्वजनिक बिदा फिर्ता लिन तामाङ समुदायले माग गरेको छन् ।

तामाङ घेदुङ संघ लमजुङ शाखाले पत्रकार सम्मेलन गरी ४ माघका  दिएको बिदा फिर्ता लिन आग्रह गरेको हो । मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होसार माघ शुक्ल प्रतिपदा ९ फागुन ४ गते पर्ने भन्दै माघ ४ गतेको सार्वजनिक बिदा फिर्ता लिन आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा संघका जिल्ला कार्यकारी समितिका अध्यक्ष अजय तामाङले नेपाली पात्रोमा गलत मितिमा सोनाम ल्होसार उल्लेख भएको बताए ।

“माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होेसार पर्छ, माघ शुक्ल प्रतिपदा फागुन ४ गते हो”तामाङले भने, “हामीले फागुनमा ल्होसार मनाउने हो त्यसैले माघ ४ को बिदा आवश्यक छैन ।” फागुन ४ गते शेर्पा जातिले मनाउने ध्याल्पो ल्होसार पनि परेको र उक्त दिन स्वतः सार्वजनिक बिदा भएकाले अर्को बिदा घोषणा गरिरहनु पर्ने आवश्यक नरहेको बताए ।

तामाङ जातिले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदै छन् । ल्होसारका अवसरमा विभिन्न प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।


  •  
  •  
  •