बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

सर्पले पनि बच्चा जन्माउँछ ? हेनुहोस् एकैसाथ जन्मायो १५ बच्चा (भिडियोसहित)

snake
एजेन्सी : सामान्यतया हामीले सर्पले अण्डा पार्छ र त्यहीबाट बच्चा बनाउँछ भन्ने सुन्ने गरेका छौं । तर, सर्पका कैयौं प्रजाती पनि छन्, जो सिधै बच्चालाई जन्म दिन्छन् ।

विशेषज्ञका अनुसार विश्वमा भएका सर्पका कैयौं प्रजातिहरुमध्ये ७० प्रतिशत सर्पले अण्डा दिने गर्छन् । ३० प्रतिशतले भने सिधै बच्चा जन्माउँछन् ।

यूटुवमा पनि यस्तै एक भिडियो भाइरल बनेको छ । जहाँ एक सर्पले करिब १५ वटा बच्चा एकै साथ जन्माएको छ ।

भारतमा पनि यो प्रजातिको सर्प पाइने गरेको छ । अजिंगर, धामनलगायत प्रजातिका सर्पले अण्डा दिन्छन् भने रसल, घोणस, हरा लतालगायतका सर्पले सिधै बच्चा जन्माउने गर्छन् ।

हेर्नुहोस् भिडियो :

Comments are closed.

'
Scroll To Top