एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक

247
  •  
  •  
  •  

काठमाडौं १५ भदौ (ओएनएस) : परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तरवृद्धि भएको जानकारी दिए ।

४० जनाको नतिजा भने स्थगित गरिएको छ । परीक्षामा ३१ हजार ३ सय ६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरी ६७ हजार ७३ जना परीक्षार्थी सहभागी थिए ।  कार्यालयले परीक्षा गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको थियो ।


  •  
  •  
  •