सिपाडोल क्षेत्र समाजमा कार्की

karki samaj
भक्तपुर, ३ असार (ओएनएस) : सिपाडोल क्षेत्र समाजको आज सूर्यबिनायक नगरपालिकामा भएको दोस्रो साधारणसभा तथा प्रथम अधिबेशनले नयाँ कार्यसमित चयन गरेको छ ।

अभिवेशनले प्रेमबहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा बद्री भट्टराई, सचिवमा बोजबहादुर थापा, सह–सचिवमा मीना मास्के र कोषाध्यक्षमा हेमबहादुर सापकोटा चयन भएका छन् ।

त्यसैगरी सदस्य चन्द्र थापा, यदुनाथ भट्टराई, यबनकुमार राना, छिरिङ सेर्पा, चन्दिका खतिवडा छन् । यसअघि कार्यक्रमको उद्घाटन वडा नं. ८ का वडाअध्यक्ष किरण थापाले गरेका थिए । 

कार्यक्रम समाजका अध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षतामा भएको थियो ।

SHARE