देशभरीका प्रशासनलाई तयारी अवस्थामा रहन गृहकाे निर्देशन

35
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख (ओएनएस): सिण्डिकेट विरुद्ध यातायात व्यवसायीले अान्दाेलन गरे कारवाहीकाे लागि तयारी अवस्थामा रहन देशभरिका जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएकाे छ। गत मंगलबार सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात व्यवसायीहरुले आन्दोलनको घोषणा गरेसँगै गृहले देशभरीका प्रशासनलार्इ निर्देशन दिएकाे हाे।

यसैबिच जिल्ला प्रशासन कार्यालय बैतडीले पनि एक सूचना जारीगर्दै व्यवसायीले बन्द तथा आन्दोलन गरे प्रशासनले कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ४, ५ र ६ मा निषेध गरिएको हड्ताल गर्ने वा त्यसमा भाग लिने, भाग लिई राख्ने व्यक्ति र नगदी सहयोग गर्ने व्यक्तिलाई कारबाही गर्नसक्ने व्यवस्था रहेको छ” यसका साथै सर्वोच्चको २०६७ मुद्दा १९ को फैसलाअनुसार एकाधिकार कायम हुने सिण्डिकेट नगर्न नगराउन भनी आदेश दिइसकेकाले आन्दोलन नगर्न आग्रह गरेको छ ।

व्यवसायीले आन्दोलन गरी शान्ति व्यावस्था खलबलाउने काम गरे सरकारले दिएको आदेशअनुसार नै कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।


  •  
  •  
  •