श्रीलंकाली राष्ट्रपतिद्वारा संसद भंग

18
  •  
  •  
  •  

काठमाडाैं, २४ कात्तिक (एजेन्सी) : श्रीलंकाली राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद्‌ भंग गरिदिएका छन्।

प्रधानमन्त्री रनिल विक्रमसिङ्गलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक संकटबीच  राष्ट्रपतिले शुक्रबार मध्यरातदेखि संसद् भंग गरिदिएका हुन्। अब  अागामी जनवरी ५ मा आमनिर्वाचन हुनेछ।

यद्यपि राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिनेछ। बर्खास्त गरिएका प्रधानमन्त्री रनिलको पार्टीले त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ।

गत महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै उनको स्थानमा पूर्वराष्ट्रपति महिन्दा राजापक्षलाई अघि सारेका थिए। तर सो कदम गैरकानूनी भन्दै विक्रमसिंगले पद छाड्न अस्वीकार गर्दै आएका छन्।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here