ड्युटीमा रहेका प्रहरी जवानले आफैलाई हाने गोली

67
  •  
  •  
  •  

काठमाडौं , ७ असाेज (ओएनएस) : स्याङ्जामा ड्युटीमा रहेका एक प्रहरी जवानले आफैलाई गोली हानेका छन्। प्रहरी जवानले आफ्नै राईफलले आफैलाई गोली हानेका हुन् । स्याङ्जा कारागारमा ड्युटीमा रहेका नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफैले आफैलाई गोली हानेका कारागार प्रमुख बुद्धिप्रसाद शर्माले बताए।

उनका अनुसार प्रहरी जवान थापाले च्युँडोमा गोली हानेपछि उनको उपचारका क्रममा मृत्यु भएको छ । उनले मृतकका विषयमा थप बुझ्ने काम भइरहेको जानकारी दिएका छन् । गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल लगिएका उनको आज (आइतबार) बिहान करीब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनी शनिबार राति २ बजेदेखि बिहान ६ बजेसम्मका लागि कारागारको मूल गेटमा ड्युटीमा खटिएका थिए।

प्रहरीका अुनसार कारागारको मूल गेटमा ड्युटी खटिएका उनले आफूसँग रहेको मार्का ४ राईफलबाट १ राउण्ड गोली आफैलाई हानेका हुन् ।


  •  
  •  
  •