बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

भोजपुरमा एमाले नेता शेरधन राई चढेको गाडीमा बम प्रहार

भोजपुर २८ कात्तिक (ओएनएस) : एमालेका नेता तथा बामठबन्धनका प्रदेश तर्फबाट भोजपुर क्षेत्र नं २ का उम्मेदवार शेरधन राई चढेको गाडिमा बम हानिएको छ । पूर्व संचार मन्त्री समेत रहेका राई चढेको बा १५ च ५६०८ नम्वरको गाडीमा मंगलवार विहान बम प्रहार भएको हो ।

नेता राई चुनावी प्रचारप्रसारको क्रममा भोजपुरको गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा पिखुवा खोला नजिकै राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको हो । बम प्रहारबाट गाडीको सिसा फुट्नुका साथै राईका अंगरक्षक घाईते भएको जनाईको छ ।

बम हानिएको पुष्टि गर्दै भोजपुरबाट प्रहरी निरिक्षक जीपनारायण चोधरीले ओएनएससँग भने “ बम हानिएको खवर प्राप्त भएको छ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप टोली सहित म घटना स्थल जादै छु । ” निरिक्षक चौधरीका अनुसार घटना स्थल पुग्न जिल्ला सदरमुकामबाट दुइ घण्टा बढी लाग्ने छ ।

Comments are closed.

'
Scroll To Top