नेप्से १८ अंकले घट्यो

492
  •  
  •  
  •  

काठमाडौं, ४ असोज (ओएनएस) :  नेपाल स्टक एक्सचेन्ट (नेप्से) मगलबार पनि आरोलो लागेको छ । नेप्से १७ दशमलव ९८ अंकले घटेर १७८५.५० अंकमा पुगेको हो ।

मंगलबार १ सय ४४ कम्पनीको १६ लाख १५ हजार कित्ता सेयर विक्री हुँदा १ अर्ब ३४ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा होटल र बिमा समूह बाहेकका समूहको परिसूचक ओरालो लागेका छन् ।

होटल समूहको परिसूचक १४.८८ र बीमा समुहको परिसूचक ३५.३४ अंकले बढेको छ । यसैगरी, बैंकिङ समूहको परिसूचक २३.६, विकास बैंक १९.८, जलविद्युत २८.२६, बित्त १०.६३ र अन्य समूहको परिसूचक १० दशमलव ४१ अंकले ओरालो लागेको छ ।

मंगलबार सेती फाइनान्स र मिरमिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको शेयर मूल्य १०÷१० प्रतिशतले बढेको छ । किसान माइक्रोफाइनान्स बित्तिय संस्थाको ९.९९, न्याग्दी ग्रुप पावरको ९. ८१ले कारोबार बढ्ेको छ ।


  •  
  •  
  •