१५ अंकले घट्यो सेयर बजार, १ अर्ब ७५ करोडको कारोबार

294
  •  
  •  
  •  

काठमाडौं, १६ साउन (ओएनएस) :  केही दिनअघि लगातार बढी रहेको सेयर बजार आइतबार ओरालो लाग्दै नेप्से १५.१७ अंकले घटेको छ ।

आइतबार नेप्से १५.१७ अंकले घटेर नेप्से परिसुचक १८६२. ७८ अंकमा पुगेको छ ।

गत बिहीबारदेखि सेयर बजार ओरालो लाग्ने क्रम सुरु भएको हो ।

आइतबारको कारोबारमा जलविद्युत र अन्य समूह बाहेकका समूहको परिसुचकमा गिरावट आएको छ । कारोबारमा जलविद्युत समूहको २३.५८ प्रतिशतले बढेको छ भने अन्य समूहकको १.१५ अंकले बढेको छ । अन्य समूहको कारोबारमा गिरावट आएको छ ।

गत बुधबार परिसूचक बढेर १ हजार ९ सय अंक नजिक पुगेको थियो ।


  •  
  •  
  •