मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

सेयर बजार दोहोरो अङ्कले ओरालोमा

share-market
काठमाडौं, ४ असार (ओएनएस) : आज पनि सेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन अघिदेखि घट्दो क्रममा रहेको सेयर बजार आज पनि घटेको हो । आज शेयर बजार १३.६१ बिन्दुले घटेर एक हजार ५७५ मा पुगेको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

कुल १४३ कम्पनीको आठ लाख ४३ हजार ९१२ कित्ता सेयर रु ५९ करोड ३३ लाख ८८ हजार ९२ मा खरिद बिक्री भएको स्टकले जनाएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९५ बिन्दुले घटेको छ ।

यस्तै, बैंकिङ समूह १७.४, होटल १८.३६, विकास बैंक १०.९३, जलविद्युत् ३१.२८, फाइनान्स ०.८५, बीमा १४.७४, उत्पादन ८.७३ र अन्य समूह १.७४ बिन्दुले घटेको छ ।

Comments are closed.

'
Scroll To Top