बुधवार, कार्तिक १, २०७४ | Wednesday, October 18, 2017
न्युज अपडेट

सातामा झण्डै तीन अर्बको कारोबार

share market
काठमाडौँ, ३ असार (ओएनएस) : यो साता धितोपत्र बजारमा रु दुई अर्ब ९६ करोड २५ लाख २२ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार यो साता ४९ हजार ८६० कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो कारोबार गत साताको भन्दा ११ दशमलव ५९ प्रतिशत कम हो । गत साता रु तीन अर्ब ३५ करोड सात लाख ११ हजार बराबरको सेयर कारोबार भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ९० अङ्कले घटेर अन्तिम दिन एक हजार ५८९ दशमलव ५९ अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १९ अङ्कले बढेर ३३७ दशमलव ६१ अङ्कमा आइपुगेको छ ।

यससाता कारोबार रकमका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अगाडि अगाडि छ । बैंकले रु २३ करोड ७५ लाख १० हजार बराबरको कारोबार भएको स्टकले जनाएको छ ।

Comments are closed.

'
Scroll To Top