बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

सेयर बजारमा ९ अंकको गिरावट

share bazar down
काठमाडौ, २८ भदौ (ओएनएस): बुधबार सेयर बजार नौ अंकले घटेर १४९३।२० अंकमा कायम भएको छ ।

बैंकिङ, विकास बैंक, उत्पादनमूलक र अन्य समूह क्रमशः ११।२६, २४।०५, २२।६३ र ६।०८ अंकले घटेका छन् । होटल, जलविद्युत्, फाइनान्स र बीमा समूह क्रमशः १०।७४, १२।४७, ९।७१ र ८।९१ अंकले बढेका छन् ।

अाज १६० कम्पनीको १२ लाख ७७ हजार पाँच सय ५४ कित्ता सेयर छ हजार तीन सय ६३ पटक खरिदविक्री हुँदा ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये, नेपाल इन्भेष्टमेन्ट बैंकको तीन करोड तथा जनता बैंक र नेपाल इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ । कामना सेवा विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एसियन लाइफ इन्स्योरेन्स प्रोमोटरको एक करोड ९० लाखमाथिको कारोबार भएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स लगायतको पनि एक करोडमाथिको सेयर कारोबार भएको छ ।

Comments are closed.

'
Scroll To Top