शेयर बजार बढ्यो

24
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर(ओएनएस) । मंगलबार शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव २७ विन्दुले बढेर एक हजार १ सय ४२ दशमलव शून्य एक बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६७ विन्दुले बढेर २ सय ४२ दशमलव ९३ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार मंगलबार कूल १ सय ६१ कम्पनीको १२ लाख २२ हजार १ सय ४४ कित्ता शेयर ३८ करोड २६ लाख ५९ हजार ६७ रुपैयाँ मूल्यमा खरीद बिक्री भएको छ । विकास बैंक उपसमूहले नेतृत्व गरेपछि आज बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

कारोवार भएका कूल दश उपसमूहमध्ये व्यापार र होटल उपसमूहको शेयर घटेको छ । व्यापार शून्य दशमलव ५१ र होटल तीन दशमलव ८१ विन्दुले घटेको छ ।

यस्तै बैंकिङ सात दशमलव २२, विकास बैंक ३२ दशमलव शून्य दुई, जलविद्युत् सात दशमलव ४४, वित्त दुई दशमलव ५२, निर्जीवन बीमा १५ दशमलव ११, अन्य १८ दशमलव ६९, माइक्रोफाइनान्स सात दशमलव ४५ र जीवन बीमा २० दशमलव शून्य एक विन्दुले बढेको छ ।


  •  
  •  
  •