टिप्स : यसरी बढाउनुस् यौन क्षमता

906
  •  
  •  
  •  

कति पुरुष विभिन्न यौन समस्याका पीडित हुन्छन् । नपुंशकतादेखि लिएर उत्तेजनाको कमी, यौनइच्छाको कमी, शीघ्रपतनजस्ता यौनिक यस्तै समस्या हुन् । जो पुरुषहरूको टाउको दुखाउन पर्याप्त हुन्छ ।

यस्ता कतिपय यौनिक समस्याको चिकित्सकीय समाधान नहुन पनि सक्छ । तर, कतिपय घरेलु तथा आयुर्वेदिक उपाय यसको अचुक अस्त्र बन्न सक्छन् । आयुर्वेदमा यस्ता धेरै जडीबुटी छन्, जसले पुरुषहरूको यौनिक समस्याको समाधान गर्छन् । केही टिप्स :

  •  हरेक दिन दूधसँगै कुरिलोसमेत सेवन गर्नुहोस् ।
  •  दूधलाई पर्याप्त उमालेर मात्र पिउनुहोस् । दूधमा चिनी मिसाएर खानु अझै लाभदायी मानिन्छ ।
  •  केरा र सुन्तला नियमित सेवन गर्नुहोस् ।
  •  घिउ, मखन, हरियो तरकारी, फलफूल तथा बदामको नियमित सेवन गर्नुहोस् । यसबाट प्रोटिन पर्याप्त मात्रामा प्राप्त हुन्छ, जसले शुक्राणु वृद्धिमा सहयोग पुर्‍याउँछ ।
  •  हरेक दिन एक गिलास गाजरको जुस वा चार–पाँचवटा गाजर खानुहोस् ।
  •  बदाम र नरिवलको सेवनले पनि यौनिक क्षमतामा वृद्धि गर्छ ।
  •  पालुंगो, काउलीजस्ता तरकारीको सेवन नियमित रूपमा गर्नुहोस् ।
  •  रक्सी तथा चुरोटको सेवन नगर्नुहोस् ।
  •  अश्वगन्धारिष्ट नामक आयुर्वेदिक औषधिको सेवन पनि लाभदायी मानिन्छ ।
  •  नियमित व्यायाम तथा तनावबाट मुक्त रहनु पनि यौनजीवनलाई सुखी बनाउने एक अचूक अस्त्र हो । नयाँपत्रिकाबाट

  •  
  •  
  •  

Comments are closed.