सम्भोग गर्दा पलङ भाँचिएपछि उच्च अदालतमा मुद्दा दर्ता!

59
  •  
  •  
  •  

काठमाडौं, ५ कार्तिक (एजेन्सी) : सम्भोग गर्दा पलङ भाँचिएपछि उच्च अदालतमा मुद्दा दर्ता भएकाे छ। दक्षिणपूर्वी इंगल्याण्डको बर्कशायर सहरमा एक जोडी दम्पत्तिले सम्भोगका क्रममा सावधानी नअपनाउँदा ठूलै दुर्घटनाकाे सामना गर्नु परेकाे छ ।

समाचार अनुसार जोन नामका पुरुष उनकी क्लेयर नामकी पार्टनरसँग सम्भोगमा लीन थिए । तर एक्कासी उनीहरु यौनक्रिडा गरिरहेको पलङ भाँच्चियो र भुइँमा बजारिन पुगिन् ।

सेक्स गर्दा पलङ नै भाँचिएपछि उत्तानो परेकी महिला भुइँमा बजारिँदा गम्भीर घाइते भएकी छिन् । उनको मेरुदण्डमा चोट लाग्दा उनको शरीर प्यारालाइज्ड भएको छ ।

सेक्स गर्दा पलङ भाँचिएर जिउ नै नचल्ने भएकी ती महिलाले पलङ बनाउने कम्पनी विरुद्ध मुद्दा हालेकी छिन् । उनले केही दिनअघि मात्र उक्त बेड खरीद गरेकी थिइन् ।

लण्डन उच्च अदालतमा यो मुद्दामा सुनुवाई भएको छ । उनले पलङकै कमजोरीका कारण दुर्घटना भएको दाबी गरेकी छिन् । पलङ उत्पादक कम्पनीले भने यस्तो आरोप अस्विकार गरेको छ । एजेन्सी


  •  
  •  
  •