बुधवार, कार्तिक १, २०७४ | Wednesday, October 18, 2017
न्युज अपडेट

कामु प्रधानन्यायाधीश पराजुलीद्वारा काम सुरु

कामु प्रधानन्यायाधीश पराजुलीद्वारा काम सुरु

काठमाडौँ, २५ जेठ। वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले बुधबारदेखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी सम्हालेका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्की मंगलबार ६५ वर्षे उमेर हदका कारण सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश पराजुलीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा काम सुरु गरेका हुन्।

पराजुलीको उमेर, नाागरिकता र एसएलसी प्रमाणपत्र विवादका कारण न्यायपरिषदबाट उनको नाम सर्वसम्मत सिफारिस भने हुन सकेको छैन । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायपरिषद बैठक बोलाए पनि अन्य सदस्य र सचिवहरुले अटेर गरी कार्कीको कार्यकाल गुजारेका कारण पराजुलीको नाम सर्वसम्मत सिफारिस हुन नसकेको हो । न्यायपरिषद बैठकमा अन्य सदस्य र सचिव नआएपछि प्रधानन्यायाधीश कार्कीले प्रधानन्यायाधीशको निम्ति योग्यता पुगेका ६ जनाको नाम संवैधानिक परिषदमा सिफारिस गरेकी छन् ।

संवैधानिक परिषदले नियुक्तिका लागि सिफारिस गरी संवैधानिक सुनुवाई विशेष समितिमा पठाउनुपर्छ । प्रधानन्यायाधीशको नियुक्ति भने राष्टपतिले गर्ने व्यवस्था छ ।

भावी प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस

Comments are closed.

'
Scroll To Top