नेपाल विमस्टेक सैन्य अभ्यासबाट बाहिरिएकाे प्रति भारतले जनायाे असन्तुष्टि!

122
  •  
  •  
  •  

काठमाडौं, २६ भदाैँ (अाेएनएस) : भदौ २६ देखि ३१ सम्म जारी पूर्व निधारित विमस्टेकको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना पर्यवेक्षककाे रुपमा मात्र सहभागी हुने नेपालको निर्णयमा भारत असन्तुष्ट रहेको समाचार त्यहाँका संचारमाध्यमाहरुले विभिन्न काेणबाट बाहिर ल्याएका छन्।

सत्तारुढ दलका नेता तथा पूर्व गृहमन्त्री समेत रहेका भीम रावलले सडकदेखि सदन तताएर सरकारलाई विमस्टेक वैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने सहमतिलाई कार्यान्वयन नगर्न चेतावनी दिएपछि सरकार उक्त अभ्यासमा सेनालार्इ पर्यवेक्षककाे रुपमा मात्र सहभागी हुने निर्देशन दिएकाे दिएकाे थियाे।

एक हप्ता अघि नेपालले नै आयोजना गरेको विमस्टेक सम्मेलनको समयमा नेपालले सैन्य अभ्यासमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको थियो भनी भारतीय अंग्रेजी पत्रिका द हिन्दुस्तान टाइम्सले समाचार लेखेकाे छ।विमस्टेकका सदस्य राष्ट्रहरुको सेना अधिकारीहरुको सहभागी रहने अभ्यास सोमबारबाट पुणेमा शुरु भएकाे छ

यो विषयका एक जानकार नाम नखुलाउने शर्तमा नयाँ दिल्लीले काठमाडौँको निर्णय अनुपयुक्त भएको ठानेको र रद्द गर्न भनिएको ‘आन्तरिक राजनीतिको दबाब’ ‘चित्त बुझ्दो’ नभएको मानेको भनी उक्त पत्रिकाले लेखेको छ । साथै, ती जानकारलाई उद्धृत गर्दै नेपालले शुक्रबार सैन्य अभ्यासमा सहभागी नहुने भनेर दिएको जानकारीले भारत र क्षेत्रीय समूहलाई ‘लाजमर्दो अवस्था’ मा पु¥याएको समेत पत्रिकाले लेखेको छ ।


  •  
  •  
  •