एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन

21
  •  
  •  
  •  

काठमाडौं, २९ माघ(ओएनएस) : शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैत १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा मंगलबार परीक्षाको तयारीका विषयमा विभिन्न सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका विषयमा चासो दिएका दिए ।

परीक्षा भयरहित र व्यवस्थित हुनुर्ने बताउँदैं मन्त्री पोखररेलले प्रश्नपत्र तयारी गर्दा र परिक्षा केन्द्र तोक्दा विशेष ध्यान दिन आग्रह गरे ।

बैंठकमा प्रश्नपत्र छपाइ कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको छ ।

यसवर्ष कुल १ हजार ९ सय ६१ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए ।

उनले यस वर्ष प्रदेशगतरुपमा अनिवार्य ६ विषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए ।  उत्तरपुस्तिका परीक्षणका लागि झण्डै ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने उनको भनाइ छ ।


  •  
  •  
  •