बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

खानेपानी सचिवको धम्की : मन्त्रालयले केयुकेएलको भेन्टिलेटर झिकिदिन सक्छ

bhim upadhdhayaखानेपानी तथा सरसफाई मन्त्रालयका सचिव सचिव भीम उपाध्यायको काठमाडौं उपत्यका खानेपानी खानेपानी लिमिटेड (केयुकेएल) को ९ सदस्यीय संचालक समितिमा उपस्थिति हुँदा नै केही तत्वको मुटुमा ढ्याग्रो ठोकिनुको कारण के होला कुन्नि ? 

बुझ्नु के पर्छ भने केयुकेएललाई आजसम्म मन्त्रालयले भेन्टिलेटरमा लगाएरै जिवित राखेको हो । यस्तै चाला जारी रह्यो भने अब भेन्टिलेटर झिकिदिन सक्छ । न कर तिर्न सक्छ, न सरकारलाइ लिज फि तिर्न सक्छ, न महसुल आयोगलाई दस्तुर तिर्न सक्छ ।

त्यस्तै, न नाफामा चलाउन सक्छ, न अडिट गराउन सक्छ, न सफा नियमित पानी उपलब्ध गराउन सक्छ, न बक्यौता उठाउन सक्छ, न लिकेज सुधार्न सक्छ, न केयुकेएलको वार्षिक रुपमा गर्नुपर्ने अभिलेखिकरण वा रिन्यू गराउन सक्छ ।

जहिले पनि यसको उद्दार गर्न मन्त्रालयनै लाग्नुपर्ने बोझ भएको छ । गाडी नपुगेको अवस्थामा १० वटा गाडी दियो, पैसा छैन भन्यो करोडौं रकम दियो, महसुल उठेन मन्त्रालयको सचिवले अरु सचिवलाई अनुरोध गर्दै आफै हस्ताक्षर गरेर अनुनयविनय गर्नुपर्यो, वर्षेनि अर्बौै रकमको ऋण केयुकेएलमा दिइरहनुपर्ने पनि सरकारले । कर तिर्न नसकेर टाँट पल्टिन लाग्यो भनेर सरकारले नै उद्दार गर्न करोडौ रकम दिनुपर्ने र दिएर जोगाउँदै जानुपर्ने ।

अपाङ्गता भएका व्यक्तिहरु जस्तो, कोमामा बसेको जस्तो संस्थाको रातदिन हेरचाह सरकारले गर्नुपर्ने तर सरकारले भनेको मान्न नपर्ने भन्ने भ्रममा बस्दै स्वायत्तताको तर्क गर्ने ? स्वायत्त भनेको आर्थिक मात्र हुन्छ, अर्काको पैसामा खुरी खेलेर कोही स्वायत्त हुँदैन ।

स्वायत्त खोज्नेहरु आफै पैसा लगाएर संस्था चलाउन सक्नुपर्छ । सरकारले नै सारा दायित्व विदेशीसंग ऋण लिनुपर्ने ब्यहोर्नुपर्ने ? पालिरहनुपर्ने ? जनताले कुनै राहत सुविधा नपाउने तर जनतालाई सताइरहन पाउनुपर्छ भन्ने ?

माथिका यी दर्जनौ कारणमध्ये एक कारण मात्रले पनि केयुकेएल खारेज हुन सक्छ खारेज गर्न पर्याप्त आधार र अवस्था छन् । यहाँ त दर्जनौ कारण हुँदाहँुदै पनि मन्त्रालयको दयाले गर्दा आज ९ वर्षसम्म निकम्मा हुँदाहुँदै पनि केयुकेएल जिवित छ । अहिलेसम्म ४० करोड त घाटामा छ । कर्मचारीको तलब र उपदान दिन पनि पैसा छैन ।

कर्मचारीको उद्दार गर्नुपर्यो भने सरकारले नै पैसाको खोलो बगाउनुपर्ने हुन्छ । तैपनि ती कर्मचारी बुरुक्क बुरुक्क उफ्रेको देख्दा टीठ लाग्छ । सरकारलाई असहयोग गर्ने यस्ता रबैया अझै जारी भयो भने केयुकेएलको मृत्यु नजिकियो भन्ने बुझ्नु बुद्धिमानी हुन्छ । भेन्टिलेटरमा बाँचेको रोगी भेन्टिलेटर झिक्नासाथ सिल्टिमूर खान्छ ।

Comments are closed.

'
Scroll To Top