मलेसियाको एक विद्यालयमा भीषण आगलागी, २२ विद्यार्थी र दुई शिक्षको मृत्यु

468
  •  
  •  
  •  

malesiya
क्वालालम्पुर, २९ भदौ (एजेन्सी): मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक धार्मिक विद्यालयमा आगलागी हुँदा कम्तीमा २४ विद्यार्थी तथा शिक्षकको मृत्यु भएको छ।

तहफिज दारुल कुरान इत्तिफाकियाको भवनमा विहानै सवेरै आगो लागेको थियो । अग्नि नियन्त्रण विभागका निर्देशक खिरुदीन द्रहमानले एएफपी समाचार संस्थालाई दिएको जानकारीअनुसार २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको पुष्टि भएको छ।

उनले मलेसियामा विगत २० वर्षमा यस्तो आगलागी नभएको बताए । प्रहरीका अनुसार मृत्यु भएका विद्यार्थीहरु १३ देखि १७ वर्ष उमेरका पुरुष हुन्।

इस्लामिक तहफिज विद्यालयहरु आवासीय हुन्छन् जहाँ विद्यार्थीहरुले कुरानको अध्ययन गर्दछन्।
भिडिओ र तस्वीरहरुमा विद्यालको माथिल्लो तला पूरै जलेको देखिएको छ।

खिरुदीन द्रहमान, निर्देशक, अग्नि नियन्त्रण विभाग आगलागी भएलगत्तै दमकलहरु पुगेका थिए।
केही विद्यार्थीहरुलाई घाइते अवस्थामा अस्पताल पुर्‍याइएको छ।

प्रधानमन्त्री नजीब रजकले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको तुरुन्तै छानबिन हुने बताएका छन्। मलेसियाली अधिकारीहरुले अव्यवस्थित निजी धार्मिक विद्यालयको सुरक्षा अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्।

सन् २०१५ यता यस्ता विद्यालयहरुमा आगलागीका २०० भन्दा बढी घटना भइसकेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।


  •  
  •  
  •