पक्राउ परेका साउदी राजकुमार खालिद बिन तलाल रिहा

46
  •  
  •  
  •  

१८ कात्तिक (एजेन्सी) : साउदी अरबका राजकुमार खालिद बिन तलाल रिहा भएका छन । भ्रष्टाचारविरुद्धको कारबाहीको आलोचना गरेको आरोपमा पक्राउ गरिएका साउदी राजकुमार खालिद  रिहा भएको बिबिसि नेपालीले छापेकाे छ ।

खालिद बिन तलालका आफन्तले उनको स्वागत गरिरहेका तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनी रिहा भएको खबर आएको हो । उनका आफन्तहरुले स्वागत गरिरहेको तस्विर यसै हप्ताको अन्त्यतिर लिइएको अनुमान गरिएको छ । करिब एक वर्षअघि पक्राउ परेका राजकुमार खालिद साउदी राजा सलमानका भतिजो हुन्।

भ्रटाचारविरुद्धको कारबाहीमा खालिदका दाजु राजकुमार अलवालीद बिन तलालसहित दर्जनौँ राजकुमार तथा अरू शक्तिशाली व्यक्तिहरूलाई गत वर्ष पक्राउ गरिएको थियो। आफन्तहरूले राखेका अन्य तस्वीरहरूमा रिहा भएका राजकुमारले कैयौँ वर्षदेखि कोमामा रहेका आफ्ना छोरालाई चुम्बन गरिरहेको देखिन्छ।

 


  •  
  •  
  •