अमेरिकामा रहे पनि मन सधैं नेपालमा

‘आफ्नो जीवनका हरेक दिन हरेक पल नयाँ हुन्छन, यो नै मेरो दैनिकी हो, जीवन हो ।’
70
  •  
  •  
  •  

विगत लामो समयदेखि अमेरिकाको सेन डियागो क्यालिफोर्नियामा बसोबास गरिरहेका डा. सरोज जोशी पेशाले इलेक्ट्रिकल्स इन्जिनियर हुन् । ललितपुरको पाटनमा २०१३ मा जन्मिएका जोशी १९९० मा व्यापारीक भिसामा अमेरिका प्रवेश गरेका थिए । अमेरिका प्रवेशको एक सातामै त्यहाँको एउटा कम्पनीमा जागिरको प्रस्ताव आए पनि उनी जीवन सघर्षमा नै रमाउने बाटो आगाल्न पुगे । त्यसपछिका दिनमा जोशी नेपालमा बसेको समय र सिकेको भन्दा धेरै क्षेत्रमा कहिले सफलता हात पार्दै त कहिले सघर्षसँग पौठेजोरी खेल्दै विभिन्न क्षेत्रमा अनुभव र दक्षता बटुल्न सफल भए । उनले जुन अनुभव र दक्षता बटुले पछिल्लो समयमा त्यसलाई आफ्नै मातृभूमिमा लगाइ राखेकाछन् । उनी भन्छन्, ‘मैले सिकेको ज्ञान, सीपलाई मातृभूमिमा रोप्न, फलाउन चाहन्छु, मीठो फलको रूपमा ।’ आफू अमेरिकामा रहेपनि मन सधैं आफ्नो देश, आफ्नो माटो, आफ्नो देशको हावापानीमा रमेको उनी बताउँछन् ।

यसैको ज्वलन्त उदाहरणको रुपमा नेपालमा स्थापित भैसकेको छ, सोलार एण्ड पावर कन्सल्टेन्स कम्पनी । उनले नेपालमा आफ्ना समकक्षीसँग मिलेर सोलार एण्ड पावर कन्सल्टेन्स कम्पनीको स्थापना गरेका छन् । पछिल्लो समयमा नेपालमा देखिएको ऊर्जा समस्यालाई समाधान गर्ने मुख्य लक्ष्य राखेर विगत तीन वर्षदेखि यो कम्पनीले सौर्य ऊर्जा उत्पादनको काम गरिरहेको छ । उनी भन्छन् उर्जा समस्याकै कारण नेपालले निकै समस्या झेल्नुपरेको छ खेप्नुपरेको छ मेरो बिश्वास छ हाम्रो यो सानो प्रयास मुलुकको लागि निकै सहयोगी बन्नेछ । जोशीका अनुसार सौर्य ऊर्जाबाट खाना पकाउने, बत्ती बाल्ने साथै विद्युत र ग्यासबाट चल्ने उपकरण चलाउन सकिन्छ । मुलकमा देखिएको ऊर्जा समस्या समाधान गर्दै देशलाई प्रदूषणरहित बनाउने मात्र नभएर सौर्य उत्पादन गरेर मुलुकलाई नै आत्मनिर्भर बनाउनेमा उनीहरुको समूह क्रियाशिल छ ।

अमेरिकामा बसेर यो काम कसरी सम्भव हुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘पछिल्लो समयमा टेक्नोलोजीले गरेको बृहत्तर विकासले यो सम्भव भएको हो । भौतिक रुपमा उपस्थित नभएर पनि धेरै काम गर्न सम्भव छ, आबस्यक पर्छ त मात्र चाहनाको ।’

पेशाले इञ्जिनियर रहेका जोशी यो काममा मात्र सीमित छैनन् । उनले ‘लस्ट इन अमेरिका’ नामक पुस्तक समेत लेखेका छन् । जुन पुस्तकमा उनको जीवन यात्रा समेटिएको छ । उक्त पुस्तकमा अमेरिकामा पढाइ सके पश्चात त्यतै बस्ने कि नेपाल फर्कने भन्ने अन्योलता र त्यसपछिको यात्राको बारेमा वर्णन गरिएको छ । आफ्नो पुस्तक पढेपछि धेरै युवालाई जीवनको यात्रा छनोट गर्न सहयोगी बन्ने उनको विश्वास छ । पुस्तकमा उनले आफ्नो नाम ‘कविन’ राखेका छन्, भने कविन अमेरिका किन बस्यो, के अनुभव, के सघर्ष गर्न बाध्य भयो भन्ने घट्ना समावेश गरेकाछन् ।

नेपालमा रहँदा पाइलट बन्ने सपना बोकेका जोशीको जीवनमा आएका आरोहअवरोहका कारण जहाज चलाउने पाइलट बन्ने चाहना त पूरा भएन । तर, मार्शल आर्टस् कुङ्गचिडोको बारेमा गरेको विभिन्न अनुसन्धान अनि त्यसैको बारेमा लेखिएका पुस्तक कुङ्गचिडो–भाग एक र कुङ्गचिडो–भाग दुई तयार भयो । विश्वसामु नै कुङ्गचिडो खेलको बारेमा तयार पारिएको अनुसन्धानात्मक यो पुस्तक २००५ मा पुरस्कृत भयो । ‘कुङ्गचिडो खेल अहिले पनि म हप्तामा १ दिन खेलाउछु । मेरा थुपै्र विद्यार्थीहरु पनि छन्,’ उनले भने । उनले २००९ मा प्राईभेट पाइलट लाइसेन्स प्राप्त गरे । उनी भन्छन्, ‘मैले आफ्नो बाल्यकालको चाहना पुरा गर्ने माध्यम र अवसर दुबै प्राप्त भयो यहि खेलका कारण । यहि कुङ्गचिडो मार्सल आर्टको बारेमा पछिल्लो समयमा भिडियो चलचित्र पनि बनाएको छु ।’

जोशी आफ्नो जीवनका हरेक दिन हरेक पल नयाँ हुने बताउछन् । किन भने उनी आफू केही न केही फरक काम किन गर्ने अनि कसरी गर्ने भन्नेमा नै व्यस्त हुन्छन । उनी भन्छन्, ‘मेरो काम भनौँ या जिम्मेवारी धेरै छन् तर, यो कसैको दवावमा गरेको होइन । यो मेरो दैनिकी हो, जीवन हो ।’

नेपालमा रहेको सोलार एण्ड पावर कन्सल्टेन्स कम्पनीमा साथीहरूले दिएको जिम्मेवारी, हप्ताको १ पटक कुङ्गचिडो मार्सल आर्ट सिकाउने, चलचित्र निर्माण गर्नु उनको दिनचर्या बनेको छ । उनकी छोरीहरु र नातिनी पनि छन् । छोरी सुजि भने शारीरिक रुपमा असक्त भएकोले उनको रेखदेखका लागि श्रीमती र मैले समय व्यवस्थापन गर्नुपर्छ । हामी दुईमध्ये एक जना उनको साथ रहने सर्त नै बनाएकाछौ,’ उनले भने ।

पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि उनले दोस्रो विवाह गरे । जोशी भन्छन्, ‘हरेक दिन मेरा लागि नयाँ र अनि फरक दिन हुन्छ । पारपाचुके, पुनर्विवाह, अपाङ्ग बच्चाको स्याहारसम्हार, नेपालको कन्सल्टेन्सीको जिम्मेवारी, अमेरिकामा नै रहेका अन्य काम, मेरी ठूली छोरी र नातिनी यी सबै मेरा जीवनका रंग अनि अंग हुन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here